January 17, 2025

किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच

किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच

किरात राईहरुको इतिहास धेरै पुरानो छ । किरात एक सभ्यता हो । सभ्यता गतिशिल हुन्छ । यो निरन्तर विकासको क्रममा रहन्छ । किरात राईहरु सभ्यताको प्रारम्भमा शिकारी एवम् कृषक थिए । उनीहरुको जीवन परोक्षरुपमा प्राकृतिसंग जोडिएको थियो । उनीहरु घुमन्ते, फिरन्ते तथा सिकारी समयको उत्तार्धमा आईपुग्दा प्रकृतिसंग परिचित भए । त्यस पश्चात कृषि जिवनमा प्रवेश गरे । प्रकृतिसंगको अन्योन्याश्रित रहेको ज्ञानलाई कृषिमा समायोजित गर्न थाले । जलवायू, मौसम जीव, वनस्पति तथा प्रकृतिको अन्तरङग सम्बन्ध उनीहरुकोे अभिन्न अंग बने । उनीहरुको सभ्यताक्रम यसरी नै विकास हुँदै आए । उनीहरुको मुख्य गरी कृषि पेशामा प्रवेशसंगै संस्कृतिहरुको पनि विकास हुन थाले । यही समयमा साकेला नाँचको पनि सुरुवात भयो । यसरी किरात राई जातिको पुर्खाहरुको परम्परागत कृषि तथा प्रकृतिसंगको अन्तरक्रियालाई साकेला नाँचले प्रतिविम्वित गर्दछ । साकेला नाँचले किरात राईहरुको परम्परागत जीवनशैली, समाज विकास र सामाजिक तथा सांस्कृतिक जीवन दर्शनलाई उजागर गर्दछ । युगौं देखि नाच्ँदै आएको यो नृृत्य किरात सभ्यताको एक महत्वपूर्ण संस्कृति हो ।

किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच
साकेला नाँच मुख्यगरी किरात राईहरुको पर्व उभौली र उँधौलीमा नाँच्ने गरिन्छ । किरात राई जातिले मान्ने विभिन्न चाडपर्वहरु मध्ये प्रमुख चाडको रुपमा उँधौली र उभौली पर्वलाई लिईन्छ । उधौली पर्व हरेक वर्ष मंसिरे धान्य पूर्णिमाको दिन मनाउने गरिन्छ । यसरी नै उभौली पर्व वैशाखे चण्डी पूर्णीमाको दिन मनाउने गरिन्छ । यो चाड किरात राईहरुले आ–आफ्नो विधिअनुसार मान्ने गर्दछन् । यो चाड एक दिन देखि लिएर १०/१५ दिनसम्म पनि मनाउने गरिन्छ । विभिन्न स्थानहरुमा भेला भई पुजाआजाका साथ यो पर्व मनाउने गरिन्छ । कतिपय राई जातिहरुले यही समयमा पितृपूजा समेत गर्ने गर्दछन् ।

किरात राई जाति प्रकृतिको पूजा गर्ने प्रकृति पूजक हो । किरात राईहरुले प्रकृतिलाई अमूल्य उपहारको रुपमा लिन्छन् । जुन विश्वव्यापी सत्य पनि छ । यी दुवै पर्वले भूमी, जल, जंगल, जीवजन्तु, जलवायू र भुगोलसंगको अन्तरक्रियालाई साक्षात्कार गर्ने गर्दछन् । किरात राईले आफूहरुलाई भूमीपुत्रको रुपमा मान्दछन् । पुर्खाहरुदेखि भुमी अर्थात् धर्ती र प्रकृतिसंगै सभ्याताक्रम विकास भएको मानिन्छ । किरात राई जाति प्रकृतिसंग रमाउदै कृषि जीवनशैली अंगाल्दै यहाँसम्म आईपुगेको पाइन्छ । यी पर्वहरुले यिनै सभ्यताक्रमको समेत अलङकारिक रुपमा प्रदर्शन गर्दछ । यो पर्व किरातहरु घुमन्ते फिरन्ते, जंगली तथा सिकारी युगबाट कृषि पेशामा आवद्ध भएदेखि सुरु भएको हो । यी दुवै पर्वहरुको मुख्य गहनाको रुपमा साकेला नृत्यलाई लिइन्छ । साकेला नाँचलाई साकेवा, सान्केवा, साखेन्वा, साखेवा, साकेल, सान्केवा, चण्डी नाँच आदि समेतले चिनिन्छ ।साकेला नाँच

साकेला नाँच मुख्यगरी उभौली र उधौंली पर्वमा प्रदर्शन गरिन्छ । यो नृत्य पर्वको समयमा कुनै निश्चित स्थानमा भेला भई नाँच्ने गरिन्छ । कटुसको लिंगो गाडेर फलफूल, नैवेद, सहित कुविले पूजा गरेपछि नृत्यको सुभारम्भ हुन्छ । कटुसको लिंगो सहितको थानको वरीपरी लस्करै भई यो नाँच नाच्ने गरिन्छ । यो नृत्यमा सहभागिले आफ्नो जातीय पहिरन लगाएको हुनु पर्दछ । यो नृत्य ढोल, झेम्टा, घँघरु बजाउँदै नाँचिन्छ । यसैगरी यो नृत्य हातमा चम्मर र सिमली सेउली हल्लाउँदै उल्लासमय ढंगले नाँचिन्छ । यसका अलवा यो नृत्य मेलापात, महोत्सव, रीति, थिति, तथा उत्सवहरुमा नाँच्ने गरिन्छ । यो नृत्य महिला, पुरुष, बालक, युवा र बृद्ध सबैले नाँच्ने गर्दछन् । यो लोकनृत्य एक लोकसंस्कृतिको अभिन्न अंग बनेको छ ।किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच

साकेला नाँचमा विभिन्न सिलीहरु अर्थात् नाँचको कलाशैलीहरु समावेश भएको हुन्छ । यस नृत्यले शिली मार्फत पुर्खाहरुको जीवन संघर्ष, जीवन पद्धति र सभ्यतालाई प्रतिकात्मक रुपमा प्रदर्शन गर्दछ । यो पुर्खाहरुको प्रकृतिप्रतिको आराधानात्मक संकेत हो । नृत्यको शिलीहरुले पुर्खाहरुको घुमन्ते फिरन्ते, जंगली तथा सिकारी र कृषि जीवनलाई प्रस्फुटन गर्ने कोशिष गर्दछ । यस नृत्यले पुर्खाहरु कृषि जीवनमा प्रवेश गर्दै मानव समाजमा स्थापित भएको सांकेतिक सन्देश दिन्छ । यस नृत्यको शिलीहरुले पुर्खाहरुको जीवनशैली, परम्परागत संस्कार, संस्कृतिहरुलाई प्रतिविम्वित गर्दछ । यस नृत्यमा विभिन्न खालको शिलीहरु प्रस्तुत गर्ने गर्दछन् । शिलीहरुमा सेवा अर्थात् नमस्कार देखी सुरु गरी बिदाईको हात हल्लाउँदै सम्पन्न गर्ने गरिन्छ । शिलीहरुमा चराचुरुङ्गीको नक्कल, चराले खोस्रेको, खोरीया फाँडेको, खनेको, वियूविजन लगाएकोे, गोडमेल गरेको हुने गर्दछन् । यसरी नै क्रमशः अन्नबाली उठाएको, संकलन गरेको, खाएको, सेवा गरेको वा पुजेको जस्ता शिलीहरु हुने गर्दछन् । यसरी विभिन्न शिलीहरु मार्फत नाँचिने यो पर्वको नृत्यले महत्पूर्ण सन्देश प्रवाह गर्दछ ।साकेला नाँच

उभौली साकेला नाँच

साकेला नाँच मुख्यगरी बर्षमा दुई पल्ट औपचारिक रुपमा नाँच्ने गरिन्छ । वैशाख महिना अर्थात् वैशाखे पूर्णीमामा उभौली सेवाको रुपमा उभौली पर्व मनाईन्छ । त्यसरी नै मंसिर महिना यानकी मंसिरे धान्य पूर्णीमामा उधौँली सेवाको रुपमा उधाँैली पर्व मनाईन्छ । उभौली र उधांैलीको शाब्दिक अर्थ मौसम तथा ऋतु हो । अर्को अर्थमा बर्षा र हिँउद वा कृषि कार्यको प्रारम्भ र त्यसको अन्त्य भनेर पनि भन्न सकिन्छ । उभौली सेवा नयाँ वर्ष सुरु भएको संकेत हो । यसमा बर्षा सुरु भयो । बोटविरुवाको पात फक्रन लाग्यो । भुगोलको तल्लो भागबाट गर्मी लेक चढ्यो । गर्मी छल्न माछाहरु लेकतिर लागे । चराचुरुङ्गीहरु तल्लो भाग देखि लेकतिर जान थाले । खेतिपाती गर्ने समय भयो । अव उभौली ऋतु वा मौसम सुरु भयो भनी यो पर्व वा उत्सवको रुपमा मनाइन्छ ।किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच

उभौलीमा नाँचिने शिलीकोे मूलभूत सन्देश धर्ती, प्रकृतिप्रतिको आस्था र कृषि अर्थात् खेतीपाती राम्रो होउन भन्ने पुकार रहने गर्दछ । यसमा हामीले भूमि अर्थात् धर्ती, नागनागेनी तथा प्रकृतिप्रति आस्था र विश्वास राखेका छौं । अव खेतीपाती अन्नबाली लगाउने बेला भयो । हामीले लगाएको बालीनालीलाई समयमा उचित वर्षा गराई दिनु । हाम्रो बालीनालीलाई बाडी पहिरो, खडेरी, अति वर्षा जस्ता प्रकोपहरुबाट बचाइदिनु । हाम्रो बाली नाली शत्रु जीवहरु, किरा फट्याग्रा आदिबाट बचाइदिनु । हाम्रो बालीनालीले राम्रो फल दिओस । हामीले सो अन्नाज, फल खान पाउँ । हाम्रो पुकारलाई जीमीभूमि, नागनागेनीले सुनीदिनु आदि सन्देश रहन्छ । यही कुरालाई पूजाआजा सहित नृत्यको शिलीको माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ ।किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच

उधौंली साकेला नाँच

उधौंलीले जाडो समय अर्थात हिँउद सुरु भएको संकेत गर्दछ । भुगोलको माथि लेकबाट तल्लो भागतिर चिसो फैलन सुरु भयो । चराचुरुङ्गी जाडोबाट बच्न तल्लो भागतिर आउन थाले । नदीनालाका माछा जाडो छल्न उधोँ वा ओराली झर्न थाले । रुख बोटविरुवाको पात झर्न थाले । यो ऋतु वा मौसममा आएको परिवर्तन हो । अव उधाँैलो ऋतु आयो । अन्नबालीहरु पाके अव थन्क्याउने बेला भयो । यो वर्षको अन्त्य हुन लागेको संकेत हो भनेर यसको अवसरमा मनाईने उत्सव उधौंली हो । मंसिर महिनामा मनाइने उधांैलीमा किरात राई समुदाय भएको गाउँहरु साकेलामय हुने गर्दछन् ।किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच

उँधौली पर्वमा किरात राईहरुले प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने गर्दछ । यसबेला प्रदर्शन गरिने साकेला नाँचले सो कुरा प्रकट गरेको आभास महसुस हुन्छ । हाम्रो पुकार सुनिदिनु भयो । हामीले लगाएको बालीनालीमा समयमा वर्षा गराई दिनु भयो । हाम्रो बालीनाली प्रकोपहरुबाट बचाईदिनु भयो । हाम्रो बालीहरुले राम्ररी फल दियो । हामीले अव खान पाउने भयौं । हामी जिमेभूमि, नागनागेनी र यस प्रकृतिप्रति कृतज्ञ छौं । यी सबैका लागि आभार प्रकट गर्दछौं भनेर धन्यवाद ज्ञापन गर्दछन् । यसरी उधौंली पर्वमा कृषि उत्पादन राम्रो भयो । प्रकृति तथा मौसमले राम्रो साथ दियो । हामीले अन्न तथा फलहरु भित्राउन पायौं । हामीले यी फलहरु र अन्नहरु खान पायौं । हामी खुसी भएका छौं भनेर यो उत्सव मनाउँने गर्दछन् । यी दुवै उत्सवहरुको मुख्य र अनिवार्य संस्कृति तथा संस्कारगत कार्य साकेला नाँच हो ।किरात राईहरुको मौलिक संस्कृति साकेला नाँच

यस नृत्यले पुर्खाहरु जंगली तथा सिकारी युगबाट कृषि पेशामा आवद्ध हुँदै आधुनिक युगमा प्रवेश गरेको कुरालाई प्रतिविम्वित गर्दछ । यस लोकनृत्यले किरात राई जातिको इतिहास ,सभ्यता परम्परा र जीवन दर्शनसंग प्रत्यक्ष सरोकार राख्छ । यो नृत्यको शिलीहरु नाच्दा चार चार सुर, ताल र हात खुट्टा लाई मुख्य मानी नाँच्ने गरिन्छ । साकेला नाँचको पुरै शिलीहरु सम्पन्न गर्न झण्डै १ देखि डेढ घण्टा लाग्ने गर्दछ । नाँच सम्पन्न भएपछि सो थानलाई ढोल, झेम्टा बजाउँदै सफा ठाउँमा लगेर राख्ने गरिन्छ । त्यसरी नै थानमा राखेको फलफूल, नैवेद तथा जाँड रक्सी उपस्थित सवैले खाने र आगन्तुकहरुलाई दिने गरिन्छ । यसको मौलिक भावलाई हेर्दा पुर्खाहरुले आफूहरुले भोगेका, सिकेका परम्परागत ज्ञान, सीप अनुभवलाई सिलीहरु मार्फत अद्यावधिक गर्दै आएको मान्न सकिन्छ । जुन पुस्तान्तरण हुँदै यहाँसम्म आईपुग्दा एक महत्वपूर्ण लोकनृत्य वा लोक संस्कृतिको रुपमा स्थापित भएको छ ।

निश्कर्षः

साकेला नाँच किरात राईहरुको अभिन्न संस्कृति हो । यो विना किरात राईको पहिचान स्थापित हुन सक्दैन । किरात सभ्यतामा हुर्केको यो एक मौलिक संस्कृति हो । किरात राईहरुमा सकेला नृत्यको विशेष प्रभाव र महत्व छ । यो किरात राई जातिहरुले आ–आफ्नो भाषा तथा विधि एवम् भुगोल विशेष विभिन्न शैलीमा नाँचिन्छ । यद्यपि यसको प्रदर्शनीमा विविधिता भए पनि मूल मर्म, दर्शन र मूल्य मान्यता एउटै हो । किरात राई जातिमा सांस्कृतिक विधिहरुमा विविधता र यसै भित्र एकता र आपसी सहिष्णुता उच्च देखिन्छ । पर्व तथा उत्सवहरुलाई प्रभावकारी बनाउनको लागि यो साकेला नृत्य समय सापेक्षित बन्दै गईरहेको पाईन्छ । यो लोक नृत्य किरात राईहरुको आफ्नो जातीय पहिचानको लागि भाषा, संस्कृति र संस्कारहरुको संरक्षणको एक कोसेढुङ्गा बनेको छ ।साकेला नाँच तथा यसका सिलीहरुले किरात राई समुदायको भावानात्मक सम्बन्धलाई बलियो बनाउने गर्दछ । यो नृत्यले उभौली र उधौंली पर्वका अतिरिक्त अन्य चाडवर्प, उत्सावहरुलाई उल्लासमय बनाउन सहयोग पुरयाउदै आएको छ । यो साकेला लोकनृत्य सिंगो राष्ट्रकै एक मौलिक पहिचानको रुपमा स्थापित भएको छ ।

Photo Credit/Source: The Rising Nepal , The Kathmandu Post  , The Himalayan

केही महत्वपूर्ण लिंकहरु

You may have missed these articles…

  1. गुँरासको राजधानी तिनजुरे–मिल्के–जलजले संक्षिप्त परिचय

  2. What is Micro Enterprise? 
  3. What are Enterprise and Entrepreneurship? 
  4. What are Small and Medium-sized Enterprises(SMEs)?
  5. What is Green Enterprise? 
  6. What is Green Marketing and its Strategy?  
  7. What are Green Growth and Green Economy? 
  8. Ways to Success in Enterprises? 
  9. What are Human Rights? 
  10. What is the International Law of Human Rights?
  11. Why Social Protection is Important? 
  12. What is the Social Protection System?
  13. What is Social Protection and What are the International Laws and Policies for Social Protection? 
  14. What are the International Laws and Key Principles of Social Safeguard? 
  15. What are Social Safeguards (Definition, Meaning, and Fundamental Principles)
  16. What is Governance (Meaning and definition)? 
  17. What is Good Governance? 
  18. What are the Child Protection Systems? 
  19. What are the Key Principles of Child Protection? 
  20. What is Social Justice? 
  21. Human Rights in Nepal 
  22. What are the International Laws of Human Rights?
  23. What is international copyright law? 

Loading